आइपीओ निष्कासन तयारीमा रहेको भूगर्भ सिमेन्टको व्यापारमा गिरावट

२०८१ साउन ११ गते

आइपीओ निष्कासन तयारीमा रहेको भूगर्भ सिमेन्टको व्यापारमा गिरावट

काठमाडौं । आइपीओ निष्कासन तयारीमा रहेको भूगर्भ सिमेन्ट लिमिटेडले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १४.५३ प्रतिशत कम हो । सन् २०२२ मा यस कम्पनीले १ अर्ब ४७ करोड ९० लाख र सन् २०२१ मा १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यता, गत आर्थिक वर्षको साढे ११ महिनामा सिमेन्टले १ अर्ब ४३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिन नेपाल लिमिटेडले जनाएको छ ।

पछिल्लो समय निर्माण क्षत्रमा देखिएको आर्थिक मन्दीका कारण व्यापारमा गिरावट आएको हो । यस्तो अवस्था अरु सिमेन्ट कम्पनीहरुको पनि देखिएको छ । भूगर्भा सिमेन्ट पब्लिक लिमिटेड कम्पनी हो । यो सन् २०१६ मा स्थापना भएको थियो । यसको ३२०० मेट्रिक टन प्रति दिनको क्षमताको आफै खानी छ । यसले पीपीसी र ओपीसी सेमेन्ट उत्पादन गर्छ । ओपीसी सिमेन्टको प्रति दिन ७०० मेट्रिक टनको स्थापित क्षमता छ ।

Advertisement:

Ad
Ad

यो कम्पनीले १ अर्ब ४७ करोड १६ लाख लङ ट्रम कर्जाका लागि ‘केयर एनपी बी’ र सर्ट ट्रम ७७ करोड ८० लाख कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको छ । यस कम्पनीले गएको जेठ २५ गते आइपीओ प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको थियो ।