२०८२ वैशाख २८ गते
काठमाडौं । केई एक्सचेन्ज कार्निभलको समय १ दिन थप गरिएको छ । नेपालमा केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले आयोजना गरेको केई एक्सचेन्ज कार्निभल भोली ९सोमबार० सम्म चल्ने भएको हो ।
काठमाडौंको थापाथलीमा वैशाख २६ गतेबाट सुरू भएको ‘केई एक्सचेन्ज कार्निभल’ ग्राहकहरूको अत्याधिक प्रतिक्रिया आएका कारण १ दिनको समय थप गरेर २९ गतेसम्म संचालनमा गरिने कम्पनीले बताएको छ ।
यो एक्सचेन्ज कार्निभलमा ६ लाख ५ हजार रुपैयाँसम्मको फाइदा पाउने स्कीम रहेको छ ।
कम्पनीले एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस, नगद छुट, पूर्ण बीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोस्चको वासिङ मेसिनसम्म दिने जनाएको छ । समग्रमा गाडी किन्ने ग्राहकले ६ लाख ५ हजार रुपैयाँ बराबरको फाइदा पाउने छन् ।
प्रतिक्रिया