५ अर्बको अग्राधिकार सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दै सकियो एनआइशी एशिया बैंकको साधारणसभा

२०८१ फागुन २२ गते

५ अर्बको अग्राधिकार सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्दै सकियो एनआइशी एशिया बैंकको साधारणसभा

काठमाडौ । ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै एनआइशी एसिया बैंकको वार्षिक साधारण सभा आज (फागुन २२ गते) सकिएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, आर्थिक वर्ष २०८०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Advertisement:

Ad
Ad