२०८० चैत २३ गते
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक नीति अनुरुप आर्थिक वर्ष २०२४ मा भारतको अर्थतन्त्र ७ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।त्यस्तै सार्वजनिक मौद्रिक नीति अनुसार व्याजदर स्थिर रहने भएको छ । ९आरबीआई०को मौद्रिक नीति समितिले बैंकहरुलाई दिने कर्जाको दरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।
शुक्रबार मौद्रिक नीति समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले रिपो दर ६ दशमलव ५ प्रतिशतमा यथावत् रहने बताएका हुन् । प्रतिवेदनअनुसार जनवरी–फेब्रुअरीमा मुद्रास्फीति दर गत डिसेम्बरको ५ दशमलव ७ प्रतिशतबाट घटेर ५ दशमलव १ प्रतिशतमा झरेको छ । यो वर्षको मार्च २९ सम्म भारतको विदेशी मुद्रा सञ्चिति सञ्चिति भन्डार ६ खर्ब ४५ अर्ब ६० करोड डलरमा पुगेको उनले बताए ।
त्यस्तै विदेशी मुद्रा सञ्चिति यसअघि सन् २०२१ मा नै ६ खर्ब ४२ अर्ब डलरको सीमा नाघेको थियो तर युक्रेन युद्ध सुरु भएपछि यो घटेर ५ खर्ब २४ अर्ब डलरमा झरेको थियो ।
प्रतिक्रिया