जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको म्याद थप्ने तयारी

२०८२ माघ २६ गते

जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको म्याद थप्ने तयारी

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद थप्ने तयारी गरेको छ। 

सोमबार बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट आयोगको म्याद तेस्रो पटक थप्ने तयारी गरेको हो। 

Advertisement:

Ad
Ad

यसअघि दुई पटकमा ५० दिन थप भइसकेको छ। तर यो अवधिमा पनि प्रतिवेदन तयार भइनसकेकाले तेस्रो पटक थप गर्ने तयारी भएको हो। 

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।