सरकारले दिएन युवा संघलाई मोटरसाइकल र्‍याली गर्न अनुमति

२०८२ असोज २४ गते

सरकारले दिएन युवा संघलाई मोटरसाइकल र्‍याली गर्न अनुमति

काठमाडौँ । सरकारले असोज २५ गते हुने भनिएको कुनै पनि विरोध तथा प्रदर्शनको कार्यक्रम गर्न अनुमति नदिने भएको छ।यो सँगै नेकपा एमाले निकट युवा संघ नेपालले भोलि शनिबार गर्न लागेको मोटरसाइकल र्यालीको लागि सरकारले अनुमति नदिने भएको हो ।

काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र सभा गर्न खोजेको भए पनि शान्ति सुरक्षाको स्थिति बनाइराख्नका लागि अनुमति नदिएको उल्लेख गरेको छ। 

Advertisement:

Ad
Ad

‘गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटनाहरु हुन पुगेको यहाँहरु सबैलाई विदितै छ,’ सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु शुरु भएका छन्। यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ।’