प्रमुख तीन दलका शीर्ष नेतासँग आज प्रधानमन्त्रीले छलफल गर्दै

२०८२ पुस १२ गते

प्रमुख तीन दलका शीर्ष नेतासँग आज प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज छलफल गर्न लागेकी छिन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का शीर्ष नेताहरूलाई सहभागी गराएर संयुक्त बैठक बोलाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ४ बजे हुने बताइएको छ ।

Advertisement:

Ad
Ad

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए। आज हुने छलफललाई पछिल्ला राजनीतिक संवादहरूको निरन्तरताका रूपमा हेरिएको छ।