२०८२ मंसिर १२ गते
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,काठमाडौंले गोकर्णेश्वरमा अवस्थित टाइमलाइन कलेजको क्यान्टिनलाई कारबाही गरेको छ ।
उक्त क्यान्टिनले लामो समयदेखि अखाद्य पदार्थ र गुणस्तरहिन खाना खुवाएको भन्दैे विभागमा उजुरी परेपछि विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा श्रीनेस हस्पिटालिटी, नामक क्यान्टिनमा सरसफाई नरहेको,भान्सा कोठाको डष्टविन अव्यवस्थित रहेको,तयारी खाद्य पदार्थको भण्डारण अव्यवस्थित रहेको,पाउरोटी र मेयोनेज लेबल नभएको बासी पाइएपछि नष्ट गरिएको छ ।
विभागले आइन्दा पूर्ण रूपमा लेबल विवरण उल्लेख भई खाद्य अनुमतिपत्र लिएको उद्योगबाट उत्पादित प्रशोधित खाद्य पदार्थको मात्र प्रयोग गर्ने निर्देशन दिएको जनाएको छ ।
प्रतिक्रिया