२०८३ असोज २२ गते
काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको किम्ची फास्ट फुड एण्ड तन्दुरी रेस्टुरेन्टमा खाद्य विभागले अनुगमन गरेको छ । विभागले अनुगमनको क्रममा सरसफाई पर्याप्त नभएको भन्द्यै सुधार गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा रेस्टुरेन्टमा रेफ्रिजेरेटरको सरसफाइ सामान्य सफाई मात्र गरेको पाइएको बताइएको छ। साथै, कीट नियन्त्रणका लागि गरिएको प्रयासअनुसार नियमित रूपमा कीट नियन्त्रण गर्ने गरेको समेत पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।
अनुगमनका क्रममा कामदारहरुलाई व्यक्तिगत सरसफाइको अवस्था पनि सामान्य रहेको भन्दै ध्यान दिन आग्रह गरिएको छ । भण्डारमा अनुगमनका क्रममा म्याद गुज्रेको सामान नभेटिएपनि रेस्टुरेन्टलाई सेवा प्रदायकको दायित्व पूरा गर्न, कीट नियन्त्रणको व्यवस्था प्रभावकारी रूपमा कायम गर्न, सरसफाइमा विशेष ध्यान दिन तथा खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ।
त्यसैगरी, खाद्य पदार्थको गुणस्तर सुनिश्चितताका लागि मात्र बिक्री वितरण गर्ने निर्देशन दिइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया