जनताले एमालेलाई मत नदिएर रिजेक्ट गरेका हुन् ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान गर्नु हो: सुरेन्द्र पाण्डे

२०८२ चैत ०१ गते

जनताले एमालेलाई मत नदिएर रिजेक्ट गरेका हुन् ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान गर्नु हो: सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले ठूलो मतान्तरको हारलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने बताएका छन्।


सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताले मतपत्रमार्फत स्पष्ट सन्देश दिइसकेपछि पनि त्यसलाई स्वीकार गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उल्लेख गरेका छन्।

Advertisement:

Ad
Ad


उनले जनताले मतपत्रबाटै ‘अस्वीकार’को कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्नै कार्यकर्ताले सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने बताएका छन्। यति ठूलो नैतिक पराजयपछि अरूलाई कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग कति बाँकी छ भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

पाण्डेले नेकपा ९एमाले० को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने समय आइसकेको बताएका छन्। उनका अनुसार यस्तो गम्भीर अवस्थामा पनि “सबै ठीक थियो, हामीलाई फसाइयो” भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु जस्तै हो।

उनले अन्तर्घात भए पनि त्यसले सीमित मत मात्र तलमाथि हुन सक्ने तर देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने बताए।

“यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो,” उनले लेखेका छन्।

अब पनि पार्टीले आफ्नो तरिका परिवर्तन गर्न नसके र “अरू असफल होलान् र फेरि हाम्रो पालो आउला” भन्ने सोचमै अल्झिरहे त्यसले पार्टी र देश दुवैका लागि घातक हुने पाण्डेको चेतावनी छ।