दलहरुलाई लक्षित गर्दै सुदनले भने, 'जनता जागिसके भड्काउने दुस्प्रयास नहोस्'

२०८२ असोज २१ गते

दलहरुलाई लक्षित गर्दै सुदनले भने, 'जनता जागिसके भड्काउने दुस्प्रयास नहोस्'

काठमाडौँ । जेनजी अभियन्ताका रुपमा परिचित सुदन गुरुङले आफूहरूको नाम प्रयोग  गरी आपराधिक गतिविधि भड्काउन खोजिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले जनता जागिसकेकाले आफूहरुलाई फुटाउने प्रयास नगर्न दलहरूलाई खबरदारी गरेका छन् ।


साथै उनले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने दावी समेत गरेका छन् ।‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भड्काइँदैछ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ’, उनले अगाडि भनेका छन्, ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछस त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ ।’

Advertisement:

Ad
Ad


उनले राजनीतिक दलहरूलाई खबरदारी गर्दै भनेका छन्, ‘हामी चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन् हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् ।’