२०८२ माघ ०६ गते
काठमाडौँ । भक्तपुर–२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । एमालेका सचिव महेश बस्नेतले यौन दुर्व्यवहार गरेको धोखा धडी गरेको आरोप लगाउँदै बस्नेत विरुद्ध मुद्दा समेत दायर गरेकी पाठकले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् ।
पाठकको पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ । सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रतिक्रिया