६ वर्षपछि सीमा विवाद सम्बन्धी नेपाल भारत संयुक्त कार्यदलको बैठक बस्दै

२०८२ साउन १३ गते

६ वर्षपछि सीमा विवाद सम्बन्धी नेपाल भारत संयुक्त कार्यदलको बैठक बस्दै

सीमा विवाद समाधानसम्बन्धी नेपाल र भारतबीचको संयुक्त कार्यदल ९बोर्डर वर्किङ ग्रुप–बीडब्लूजी० को सातौं बैठक सोमबारबाट दिल्लीमा सुरु भएको छ । १३ सदस्यीय बीडब्लूजीको बैठक ६ वर्षपछि बसेको हो ।


गतसाता दिल्लीमा दुई देशका गृह सचिवस्तरीय बैठक भएको थियो । उक्त बैठक पनि ९ वर्षको अन्तरालमा भएको थियो ।बीडब्लूजी बैठकको नेतृत्व नेपालका तर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशीले तथा भारतका तर्फबाट सर्वेक्षण विभागका प्रमुख हितेश कुमारले नेतृत्व गरेका छन् । दिल्लीको सुषमा स्वराज भवनमा सुरु भएको बैठक मंगलबार सकिनेछ । स्रोतका अनुसार बैठकमा हालसम्म भएका कार्यहरूको समीक्षा, त्यसपछि गर्नुपर्ने कार्यहरूका विषयमा छलफल भइरहेको छ । सीमामा रोकिएका प्राविधिक कार्यहरू पुनः बढाउने गरी सौहार्दपूर्ण ढंगले दुई पक्षबीच कुराकानी भइरहेको बैठकमा सहभागी एक जना अधिकारीले बताए । समूहको बैठकमा नेपालका तर्फबाट परराष्ट्र, गृह, रक्षा, कानुन, भूमिसुधार मन्त्रालयका प्रतिनिधि, सशस्त्र प्रहरी बलका डीआईजी र दिल्लीस्थित दूतावासका अधिकारी सहभागी छन् ।

Advertisement:

Ad
Ad