२०८२ कात्तिक १३ गते
काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालेटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको चौथोे भिडियो सार्वजनिक गरेको छ ।
भिडियोमा एक जिम्मेवार डाक्टरले पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक रूपमा आइपरेको बिरामीको अपरेसन गरी आफ्नो जिम्मेवारी पूरा गरेको देखाइएको छ । ‘जिम्मेवारीको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश भिडियोमार्फत दिइएको छ ।
क्याम्पेनको पहिलो चरणमा यसअघि एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमूलक भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।
दोस्रो भिडियोमा घरधनी र डेरावालबीचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजिएको थियो ।
तेस्रो भिडियोमा मानिसको जीवनमा एकरएक सेकेन्ड समयको महत्त्वलाई दर्साउन खोजिएको थियो । त्यसमा दुई साथीमध्ये एकजना समयमै आफ्नो यात्राका निम्ति एयरपोर्ट पुगेका देखाइएको थियो । अर्को एकजना विमान उडान समय डिले हुने भन्दै घरमै बसेका देखाइएको थियो । तर, विमान निर्धारित समयमै उड्न लागेको देखाइएको थियो । उक्त सामाजिक सन्देशमूलक विज्ञापन दर्शकले अत्यधिक रुचाएका थिए ।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको जनाइएको छ ।
प्रतिक्रिया