२०८२ माघ ०६ गते
काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।
'पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,' स्वकीय सचिव भानु देउवाले भने ।
प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसङ्गै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् ।
नयाँ कार्यसमिति आफूलाई अमान्य भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ । आज उम्मेदवारी दर्ता हुनु अघि देउवाले आफू उम्मेदवार नबन्ने बताएका हुन् ।
प्रतिक्रिया