सवोच्चको आदेशले अन्यौेलमा मधेश प्रदेश,सत्ता र प्रतिपक्षी दुवै आफ्नो जीत भएको भन्दै खुशी मनाउँदै

२०८२ मंसिर ०३ गते

सवोच्चको आदेशले अन्यौेलमा मधेश प्रदेश,सत्ता र प्रतिपक्षी दुवै आफ्नो जीत भएको भन्दै खुशी मनाउँदै

जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ ।मंगलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सो आदेश पछि मुख्य मन्त्री यादव समर्थकहरु खुसी मनाउँदै छन् । 

 

Advertisement:

Ad
Ad

अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असर पर्ने निर्णय नगर्न मात्र भनेको तर मुख्यमन्त्री पदमा भने यादव तत्काल रहने भनेकाले मुख्यमन्त्री यादव समर्थक एमालेका सांसद, नेता तथा कार्यकर्ताहरुमा खुसी छाएको छ । सामाजिक सञ्जालमा उनीहरुले खुसी व्यक्त गर्दै मुख्य मन्त्री यादवको जीत भएको भन्दै बधाई दिइरहेका छन् ।
यता विपक्षी दलहरुलाई हेर्दा पनि उस्तै देखिन्छ ।

 

जितेन्द्र सोनल पक्षका ७ राजनितिक दलहरुले पनि अदालतको आदेशले आफूहरुको जित भएको भन्दै खुसीयाली मनाईरहेका छन् । अदालतले मुख्य मन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्नु भनेकोले विपक्षीदलहरुमा खुसी छाएको छ। अब प्रदेश सभामा मुख्य मन्त्री यादवले विश्वासको मत लिन आए उनलाई हामी जवाफदिने जसपा नेपाल मधेश प्रदेशक सचेतक एव ममधेश प्रदेश सभा सांसद राम अशिष यादवले बताए ।

 

हिजो सवोच्चले दिएको आदेमा मंसिर ११ गतेका लागि अन्तिम सुनुवाइ तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वयडा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हिजो अन्तरिम आदेश जारी गर्दै उक्त मितिमा पूर्ण इजलासमा मुद्दा पेश गर्ने निर्णय गरेको छ ।

 

यसै आदेशमार्फत अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभावपार्ने निर्णय नगर्न निर्देश दिएको छ । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यो आदेश लागू हुने उल्लेख रहेको छ ।मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति संविधानसम्मत नरहेको भन्दै ७दलका७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।