२०८२ असार २४ गते
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश जारी नगर्ने तर अग्राधिकार दिने आदेश दिएको हो।
अधिवक्ता विशाल थापा लगायतले नियुक्ति बदरको मागसहित रिट दायर गरेका थिए। रिटमा पौडेलको राजनीतिक पृष्ठभूमि, मौद्रिक क्षेत्रमा अनुभव अभाव र सुशासनविरुद्ध नियुक्ति भएको दाबी गरिएको छ।
यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाउन माग गरेको थियो। पौडेल पूर्वसिफारिस समिति सदस्य रहेका कारण नियुक्ति पूर्वनिर्धारित भएको आरोप लगाइएको छ। पौडेलले गभर्नरको रूपमा कार्यभार सम्हालेको डेढ महिना भइसकेको छ।
प्रतिक्रिया