२०८२ मंसिर २८ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।आज आइतबार मुद्दा दर्ता भएको हो।चालिसेविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अर्थसमितिका सभापति समेत रहेका चालिसेमाथि २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदाका बखत भ्रष्टाचार तथा आर्थिक लेनदेन गरेको आरोप छ ।
चालिसेलाई हादलै मात्र नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ३ का लागि प्रतिनिधि सभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवार पनि सिफारिस गरेको थियो।
प्रतिक्रिया