समानुपातिक सांसदहरुलाई भोलि बिहान प्रमाणपत्र दिइने, बेलुकी निर्वाचन प्रतिबेदन राष्ट्रपतिलाई बुझाइने

२०८२ चैत ०४ गते

समानुपातिक सांसदहरुलाई भोलि बिहान प्रमाणपत्र दिइने, बेलुकी निर्वाचन प्रतिबेदन राष्ट्रपतिलाई बुझाइने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । 


समानुपातिकतर्फबाट प्रतिनिधिसभामा ११० सांसद निर्वाचित हुन्छन् । आयोगले राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४र४ सांसद दिने निर्क्यौल गरिसकेको छ । 

Advertisement:

Ad
Ad


आयोगका प्रवक्ता भट्टराईले बिहान प्रमाणपत्र वितरण गरेपछि बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए । बिहीबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय तय भएको छ । 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।