कि त आन्दोलन गरेर जनताले संसद पुनर्स्थापना गर्नुपर्छ कि त राष्ट्रपतिले : केपी ओली

२०८२ कात्तिक २१ गते

कि त आन्दोलन गरेर जनताले संसद पुनर्स्थापना गर्नुपर्छ कि त राष्ट्रपतिले : केपी ओली

काठमाडौँ । नेकपा ९एमाले०का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा जसरी भएपनि पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।शुक्रबार काठमाडौँमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उनी आफैले गर्नुपर्ने तर्क गरे।


‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ र प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तिब्र बनाउनुपर्दछ,’ ओलीले भने, ‘जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ। कि त अदालतले गर्छ। होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ। असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिलेरु पुनःस्थापना गर्नुपर्‍यो नि। विघटन गर्ने राष्ट्रपतिले पुनस्थापना गर्नु पर्‍यो। यस कुरामा हामी लेख्नसक्नु पर्दछ। बोल्न सक्नुपर्दछ। सत्यको पक्षमा उभिन सक्नुपर्दछ।’

Advertisement:

Ad
Ad

 

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गरे। उनले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि जिकिर दोर्‍याए।