संघीय संसद्को आज दुवै सदनको बैठक बस्दै,यस्तो छ कार्यसूचि

२०८२ चैत २२ गते

संघीय संसद्को आज दुवै सदनको बैठक बस्दै,यस्तो छ कार्यसूचि

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बस्ने भएको छ ।

बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

Advertisement:

Ad
Ad

शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि बस्ने भएको छ । बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । बैठकमा प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।