२०८२ माघ ०९ गते
काठमाडौँ । विशेष महाधिवेशनले अनुमोदन गरेका कांग्रेस सभापति गगन थापा पहिलो पटक पार्टी कार्यालय प्रवेश गर्दैछन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा नवनिर्वाचित सभापति गगन थापाको कार्यकक्ष तयार गरिएको छ।निवर्तमान सभापति शेरबहादुर देउवाको फोटो भित्तामा टाँगिएको छ ।
यस अघि गगन थापालाई सभापति नमान्ने भन्दै शेरबहादुर पक्षधरले पार्टी कार्यालयमा धर्ना दिएका थिए । यद्यपि गगनले बिस्तारै शेरबहादुर पक्षधरका नेताहरुलाई पनि चुनावको टिकट दिएपछि रुष्ट पक्ष गगनकै पक्षमा उभिन थालेका छन् । गगनको सभापतित्वमा पहिलो पटक आजै केन्द्रीय केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।
सभापति थापाको कार्यकक्षमा धेरै साजसज्जा गरिएको छैन। यद्यपि थापा बस्ने कुर्सीको ठीक माथि भित्तामा पूर्व सभापतिका तस्बिरहरुको लाइनमा शेरबहादुर देउवाको फोटो पनि टाँसिएको छ ।
प्रतिक्रिया