२०८२ फागुन २३ गते
काठमाडौँ । मतगणनाका क्रममा विवाद उत्पन्न भएपछी रुकुम पश्चिममा गणना कार्य स्थगित भएको छ ।रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा नं। १, ३ र ५ को मतगणना सुरु गर्दा खसेको मतभन्दा १ सय ६४ मत बढी देखिएपछि विवाद भएको हो ।
सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले समस्या आएको र समाधानका लागी छलफल भैरहेको बताइन् ।रुकुम पश्चिममा अहिलेसम्म २० हजार ७ सय ४१ मत गणना हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्माको अग्रता रहेको छ ।दोस्रोमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले पछ्याइरहेका छन् ।
प्रतिक्रिया