२०८२ माघ ०६ गते
काठमाडौँ । लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार ऋषी धमला पनि निर्वाचनमा होमिने भएका छन् । धादिङ घर भएका धमला आफ्नी छोरी एरिका धमलाको गोडा ढोगेर चुनावमा होमिएका हुन् । आज उनी आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट पुगेका छन् । उनकी पत्नी एलिजा गौतमले श्रीमानले पत्रकारिता पेशा छाडेर चुनावमा होमिँदा धेरै पटक सोचबिचार गरेको सामाजिक सञ्जालमा लेखेकी छन् ।
उनले यसरी लेखेकी छिन् ,'आज मनमा गर्व पनि छ र अलि भारीपन पनि।वर्षौँसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ। पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो।
पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौँ र निकै सोचविचार गर्यौँ। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।'
प्रतिक्रिया