रास्वपालाई अर्को झट्का,केन्द्रीय सदस्य सन्तोष परियारले गरे पार्टी परित्याग

२०८२ कात्तिक २८ गते

रास्वपालाई अर्को झट्का,केन्द्रीय सदस्य सन्तोष परियारले गरे पार्टी परित्याग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय सदस्य सन्तोष परियारले पार्टी छोडेको जानकारी गराएको छ। परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई भेटेर राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिए। 

 

Advertisement:

Ad
Ad

'राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ,'झाले भने, 'राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भयो।  आगामी यात्राको लागि उहाँलाई शुभकामना।'