२०८२ चैत ०४ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि मंगलबार र बुधबार गरी दुई दिन अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो ।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको अभिमुखीकरणको दुई दिनको कार्यक्रममा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार एवं बरिष्ठ नेता बालेन्द्र साह उपस्थित भएनन् ।समापन सत्रको दिन पार्टी सभापति रवि लामिछने पुग तर बालेन झल्किएनन् । बालेन किन देखिएनन् भन्ने पत्रकारहरुको जिज्ञासामा रास्वपाका नेता मनिष झाका अनुसार प्रधानमन्त्री भइसकेपछि बालेन झन् धेरै सक्रिय हुनपर्ने हुँदा कार्यक्रममा उपस्थित नभएका हुन् ।
झाले भने,केही दिनपछि बालेन पूर्ण रूपमा मानसिक र शारीरिक रूपमा सक्रिय भएर धेरै खट्नुपर्ने, मेहेनत गर्नुपर्ने अवस्थामा हुनुहुन्छ । त्यसैले अहिलेको अवस्थामा केही आराम, केही स्वास्थ्य लाभको आवश्यकता रहेकोले गर्दाखेरि यसमा कुनै पनि राजनीतिक अर्थ लगाउनुपर्ने आवश्यकता छैन।
रास्वपाको दुई दिने अभिमुखिकरण कार्यक्रम आज समापन भएको छ । नवनिर्वाचित सांसदहरुलाई १२ गते संघीय संसदले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया