२०८२ असोज ०३ गते
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सत्तासिनदेखि पूर्व नेताहरुसम्मको उल्लेख्य उपस्थिति भएको देखिएको छ।
कार्यक्रममा अन्तरिम सरकारकी पूर्वप्रधानमन्त्री सुशीला कार्की, उनका मन्त्रिमण्डलका सदस्यहरू, पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्या भण्डारी, गृहमन्त्री ओमप्रकाश अर्याल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, गोकर्ण बिष्ट,रास्वपाका शिशिर खनाललगायत विभिन्न दलका नेताहरू सहभागी रहेका छन् ।
कार्यक्रममा जेनजीका अगुवा दाबी गरिरहेका सुधन गुरुङ पनि उपस्थित भएका छन् ।
प्रतिक्रिया