राष्ट्र र जनताका हितमा रास्वपाले गर्ने हरेक काममा सहयोग हुनेछ : रामकुमारी झाँक्री

२०८२ फागुन २५ गते

राष्ट्र र जनताका हितमा रास्वपाले गर्ने हरेक काममा सहयोग हुनेछ : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको पक्षमा उभिएर गर्ने हरेक काम तथा निर्णयमा सहयोग र साथ रहने बताएकी छिन् । आज राष्ट्रिय सभा सदस्यको सपथ लिँदै झाँक्रीले रास्वपाले पाएको मतप्रति बधाई दिँदै संसदमा रास्वपाले देश र जनहितमा गर्ने काम तथा निर्णयमा सहयोग गर्ने बताएकी हुन् ।पत्रकारको जिज्ञासामा उनले सहकार्य र एकताबाट राष्ट्को साझ हित खोजिने उल्लेख गरिन् ।

 
निर्वाचनमा प्राप्त एमालेको परिणामलाई लिएर एमालेले चाँडैनै समिक्षा बैठक बस्ने बताएकी छिन् । उनले सबै परिणाम आइसकेपछि एमालेको र जनचाहनाबीच के र कुन कुरामा मेल खान नसकेको अध्ययन गरिने बताइन् ।  

Advertisement:

Ad
Ad