२०८२ फागुन २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजु पाण्डेले अबको प्रधानमन्त्रीको बालेन्द्र शाह (बालेन) हुने स्पष्ट पारेका छन् ।मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालेन प्रधानमन्त्री बन्ने विषयमा कुनै दुविधा नरहेको र अनावश्यक टिप्पणी गर्ने छुट कसैलाई नभएको बताएका हुन्।
उनले पार्टी उपसभापति डोलप्रसाद अर्यालले दिएको भनाइबारे आफूलाई जानकारी नभएको बताए। यदि त्यस्तो भनाइ दिएको हो भने त्यो गैरजिम्मेवार हुने उनको टिप्पणी थियो।
यसअघि उपसभापति अर्यालले बालेन प्रधानमन्त्री बन्नेबारेको सहमतिबारे आफूलाई थाहा नभएको बताएका थिए, जसले राजनीतिक वृत्तमा चर्चा बढाएको थियो। तर पछि उनले आफ्नो भनाईलाई गलत बुझिएको भन्दै सच्याएका थिए।
राजुनाथ पाण्डेले पार्टीका नेताहरूलाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पनि आग्रह गरेका छन्।भन्दै चाहिने-नचाहिने कुरा गर्ने छुट कसैलाई नरहेको बताएका छन्।
प्रतिक्रिया