प्युठान १ मा कांग्रेस उम्मेदवार गोविन्द पोखरेल अगाडि,एमालेका सूर्य थापा पाँचौ स्थानमा

२०८२ फागुन २२ गते

प्युठान १ मा कांग्रेस उम्मेदवार गोविन्द पोखरेल अगाडि,एमालेका सूर्य थापा पाँचौ स्थानमा

काठमाडौं । प्युठान क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।जारी मतगणनाको पछिल्लो विवरण अनुसार, नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेलले १९८४ मतसहित अग्रता लिएका हुन् ।

 

Advertisement:

Ad
Ad

दोस्रोमा भने रास्वपाका उम्मेदवार सुशान्त वैदिक छन् । उनले १४०५ मत प्राप्त गरेका छन् ।त्यस्तै, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ४३९ मतसहित तेस्रो र नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्री ३६४ मतसहित चौथो स्थानमा छन् ।

 

नेकपाका उम्मेदवार कृष्णधोज खड्काले एमाले उम्मेदवार थापाभन्दा १ मतमात्रै कम पाएका छन् । उनले ३६३ मत ल्याएका हुन् ।

 

हाल मतगणना जारी छ ।