प्रधानमन्त्रीले साफ यु–२० महिला कपमा भुटानमाथि जित हाँसिल गर्ने नेपाली खेलाडीलाई दिए बधाई

२०८२ असार २८ गते

प्रधानमन्त्रीले साफ यु–२० महिला कपमा भुटानमाथि जित हाँसिल गर्ने नेपाली खेलाडीलाई दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । “साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई १” प्रधानमन्त्री ओलीले लेखेका छन् ।

Advertisement:

Ad
Ad

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरु भएको छ ।