२०८३ कात्तिक १३ गते
काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
केही दिनअघि सुवेदीले एक अनलाइनमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार लेखेका थिए ।
प्रतिक्रिया