२०८२ फागुन ०९ गते
कृष्णानन्द भट्ट,काठमाडौँ । काठमाण्डौको तिलगंगास्थित पारागनपब्लिक स्कुलका विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एक बृहत् शैक्षिक प्रदर्शनी आयोजना गरेको छ। विद्यालय परिसरमा आयोजित सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो पाठ्यक्रममा आधारित ज्ञानलाई प्रयोगात्मक र सृजनात्मक रूपमा प्रस्तुत गरेका छन्।
प्रदर्शनीमा कक्षा १ देखि १० सम्मका विद्यार्थीले तयार पारेका विभिन्न विधाका परियोजनाहरू प्रदर्शनीमा राखिएको छ। विशेष गरेर विज्ञान, प्रविधि, गणित, सामाजिक अध्ययन र कला विधामा विद्यार्थीले देखाएको नवीनतम सोच र कौशललाई अभिभावक तथा अवलोकनकर्ताले उच्च प्रशंसा गरेका छन्।
प्रदर्शनीमा विशेष गरेर विज्ञान र वातावरण जलविद्युत, नवीकरणीय ऊर्जा, फोहोरमैला व्यवस्थापन र आधुनिक रोबोटिक्सका नमुनाहरू प्रदर्शनमा राखिएको छ।
कला र संस्कृतिमा नेपाली मौलिक परम्परा, ऐतिहासिक धरोहर र विविध जातजातिका संस्कृति झल्किने सामग्रीहरू प्रदर्शनीमा समावेश गरेको छ।
गणितीय धारणा अन्तर्गत जटिल गणितीय समस्याहरूलाई सरल र रोचक ढंगले बुझाउनको लागि विद्यार्थीहरूले विभिन्न ‘लर्निङ मोडल्स’ हरू प्रदर्शन गरेका छन्।
भाषा र साहित्यमा नेपाली र अंग्रेजी भाषाका सृजनात्मक कार्यहरू र शब्द खेलहरू मार्फत विद्यार्थीको भाषिक दक्षता प्रदर्शन गरिएको छ।
सो कार्यक्रमका बारे जानकारी दिदै विद्यालयको कोर्डिनेटर रबिन काफ्लेले मुख्यतस् किताबको साथै विद्यार्थीहरूलाई किताबको पानामा मात्र सीमित नराखी उनीहरूको कल्पनाशीलता र तार्किक क्षमतालाई बाहिर ल्याउनु हो भन्नू भएको छ। यस्ता प्रदर्शनीले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुको साथै ‘गरेर सिक्ने’ बानीको विकास गर्नेछ।”
प्रदर्शनी अवलोकनका लागि आएका अभिभावकले आफ्नाबालबालिकाले स(साना कुरालाई पनि वैज्ञानिक र तार्किक ढंगले व्याख्या गरेको देख्दा खुसी व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय शिक्षाप्रेमी, छिमेकी विद्यालयका प्रतिनिधि र अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनहरुमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता रचनात्मक र प्रयोगात्मक कार्यक्रमलाई निरन्तरता दिदै जाने बताएको छ।
प्रतिक्रिया