नेकपाको समानुपातिक सूचीमा सुरेन्द्र कुमार जयसवाल विपिन दोस्रो नम्बरमा

२०८२ पुस २१ गते

नेकपाको समानुपातिक सूचीमा सुरेन्द्र कुमार जयसवाल विपिन दोस्रो नम्बरमा
  • प्रेमचन्द्र झा 
  • रौतहट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व जनमुक्ति सेनाका तत्कालीन बटालियन कमिसार सुरेन्द्र कुमार जयसवाल  विपिन नेकपाको समानुपातिक तर्फ मधेसी पुरुष क्लस्टरमा दोस्रो नम्बरमा परेका छन्।  जयसवाल वाइसीएल नेपालका संस्थापक केन्द्रीय सदस्यसमेत हुन् भने शहिद परिवार तथा शहिद राम विश्वासरजनारसी प्रतिष्ठानका अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

     

    Advertisement:

    Ad
    Ad

    जयसवालको नाम समानुपातिक सूचीको अग्रस्थानमा समावेश हुनु रौतहट जिल्ला, मधेस प्रदेश, मधेसका जनयुद्धका शहिद परिवारहरू तथा सम्पूर्ण नेकपा परिवारका लागि गौरवको विषय बनेको केही बताउँछन् । जब अन्य राजनीतिक दलहरू समानुपातिक सूचीलाई लिएर विवादमा अल्झिरहेका छन्, त्यही बेला नेकपाले त्याग, तपस्या र बलिदानको इतिहास बोकेका नयाँ र प्रतिबद्ध अनुहारहरूलाई उचित स्थान दिनु पार्टीले नयाँ राजनीतिक दिशा समातेको स्पष्ट संकेतका रूपमा हेरिएको छ।

     

    रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५, अमरपट्टि लक्ष्मिपुर निवासी जयसवाल  जनयुद्धकालदेखि नै पार्टी र जनताको पक्षमा सक्रिय रहँदै आएका नेता हुन्। शहिद परिवारको हक–अधिकार, सामाजिक न्याय र समावेशी राजनीतिक प्रतिनिधित्वका सवालमा उहाँको योगदानलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म उच्च सम्मानका साथ लिने गरिएको छ।

     

    स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताहरूका अनुसार सुरेन्द्र कुमार जयसवाल विपिन एक सरल, निष्ठावान र जनमुखी नेताको रूपमा परिचित छन्। यही कारणले उनको नाम समानुपातिक सूचीको अग्रपंक्तिमा आउनु मधेसमा नेकपाप्रति विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ।