२०८२ भदौ २८ गते
काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीहरूमाथि बर्बर दमन गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमा नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन गर्दै श्रेष्ठले भदौ २३ गते भएको नरसंहार मच्चाउनेहरुलाई कारबाही गर्न माग गरेका हुन् । सामाजिक सञ्जालमा उनले चार बुँदामा यसरी माग राखेका छन् ।
यस्ता छन् उनले अघि सारेका मुल मुद्दाहरु-
एक, घोषित मितिमै आम निर्वाचन सम्पन्न गर।
दुई ,भाद्र २३ गते आन्दोलनकारी जेन जीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, सितलनिवास ,सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक ,निजी संरचना सम्पति माथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोशीहरुमाथि कारवाही गर।
तीन,भ्रष्टाचारीहरू माथि कारवाही गर ,सुशासन कायम गर। २०४७ सालदेखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानविन गर र अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर।
चार, राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रको रक्षा प्रति सचेत होऔं।
प्रतिक्रिया