नाइमा एक्स्पोमा एभरेस्ट बैंकको अफर, ६.५२ प्रतिशत ब्याजदरमै गाडी किन्न कर्जा पाइने

२०८२ साउन २५ गते

नाइमा एक्स्पोमा एभरेस्ट बैंकको अफर, ६.५२ प्रतिशत ब्याजदरमै गाडी किन्न कर्जा पाइने

काठमाडौं ।  काठमाडौंमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष गाडी कर्जा स्किम प्रदान गरेको छ । साउन २१ गतेदेखि सुरु भएको यो एक्स्पो साउन २६ गते अर्थात (भोलि)सम्म चल्नेछ। यस अवसरमा बैंकले ग्राहकहरूलाई निकै आकर्षक ब्याजदर, कम प्रोसेसिङ शुल्क र अन्य सहुलियतहरूसहित सवारी साधन खरिदका लागि कर्जा सुविधा उपलब्ध गराइरहेको छ।

६.५२प्रतिशतमा गाडी कर्जा

Advertisement:

Ad
Ad

एभरेष्ट बैंकले सवारी कर्जाका लागि ५.२७प्रतिशत को बेस रेटमा १.२५५ प्रिमियम थपेर कुल ६.५२प्रतिशत ब्याजदरमा कर्जा दिने प्रस्ताव ल्याएको हो। यो ब्याजदर हालको बजारमा निकै प्रतिस्पर्धात्मक मानिन्छ। साथै, कर्जा लिँदा लाग्ने प्रोसेसिङ शुल्क पनि न्यून जम्मा ०.५० प्रतिशत राखिएको छ ।

 

व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि कर्जा
 

बैंकले यो योजना अन्तर्गत निजी व्यक्तिहरू तथा व्यवसायहरूलाई कार, भ्यान, जिप तथा स्पोर्ट्स युटिलिटी भेइकल जस्ता सवारी खरिद गर्न कर्जा दिनेछ। ग्राहकको मासिक आम्दानीको ३० गुणासम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ भने तिर्ने अवधि अधिकतम ७ वर्षसम्मको हुनेछ।

 

४०प्रतिशत सम्म कर्जा, विद्युतीय सवारीमा पनि सुविधा

प्राकृतिक व्यक्तिहरूका लागि सवारीको मूल्यको कम्तीमा ४० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ। विद्युतीय सवारी साधन ईभी खरिद गर्न चाहने ग्राहकले पनि यस्तै छुट पाउनेछन्। यसले नेपालमा बढ्दो वातावरणमैत्री सवारी साधनको प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

बैंकिङ अफरहरू र थप सहुलियतहरू

यस योजनामा सहभागी हुने ग्राहकले अन्य थप बैंकिङ अफरहरू समेत पाउनेछन् – जस्तै सजिलो ईएमआई योजना, छिटो प्रक्रिया, डिजिटल बैंकिङ सेवा, र थप सेवा सुविधा रहेको छ ।  एक्स्पो अवधिभर एक्स्पोमा राखिएको बैंकको स्टलमा गएर प्रत्यक्ष जानकारी लिन सकिनेछ ।