तोडियो देउवाको किल्ला,डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार

२०८२ माघ ०६ गते

तोडियो देउवाको किल्ला,डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार

काठमाडौँ । विगत ३४ वर्षदेखि कांग्रेसबाट एकछत्र टिकट पाएर जितिरहेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नउठ्ने भएपछि डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । गगन थापाको सभापतित्व पार्टीमा स्विकार नगर्ने भन्दै अदालती प्रक्रियामा प्गेका देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

Advertisement:

Ad
Ad

महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।२०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए ।