२०८२ पुस ०८ गते
काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुष ९ गते हुने साधारण सभा विधान अनुरुपनै निर्धारित मितिमा हुने स्पष्ट पारेको छ ।
नाडाले मंगलबार बेलुकी एक विज्ञप्ति निकाल्दै हाल केही सञ्चार माध्यममा आएका समाचारका कारण उत्पन्न भ्रम पूर्ण रूपमा निराधार रहेको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ,'नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध छ र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ।सञ्चार माध्यम र सरोकारवालाहरुलाई नाडाद्वारा जारी आधिकारिक सूचनालाई नै आधार मानी समाचार प्रकाशन र व्याख्या गर्न आग्रह गरिन्छ।'
यसअघि गत भदौमा विशेष साधारणसभा बोलाउँदा विवाद उत्पन्न भएको थियो । केही दिन अघि मात्रै नाडाले पुस ९ गते गर्नेगरी आफ्नो ४९ औँ वार्षिक साधारणसभा बोलाएपछि असन्तुष्ट पक्षधरले प्रशासनको पत्र ल्याएर साधारणसभा रोक्न खोजेको छ ।
नाडा अटोमोबाइल्स एशोशिएशनको हाल अध्यक्षका रुपमा करण चौधरीले नेतृत्व गरिरहेका छन् ।
प्रतिक्रिया