प्रहरीको नियन्त्रणमा मिराज, रविकिरण, निकोलससहित जेनजी प्रदर्शनकारी

२०८२ पुस ०७ गते

प्रहरीको नियन्त्रणमा मिराज, रविकिरण, निकोलससहित जेनजी प्रदर्शनकारी

काठमाडौँ ।  मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी आठ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई माइतीघर मण्डला क्षेत्रमा कुनै पनि किसिमका सभा, विरोध, धर्ना, र्‍यालीजस्ता कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था उल्लङ्घन गरी प्रदर्शनमा सहभागी भएको आरोपमा रविकिरण हमालसहितका युवालाई लिइएको प्रहरीले जनाएको छ ।

Advertisement:

Ad
Ad


प्रहरीले मिराज, रविकिरण हमाल, अजय सोडारीलगायत जेनजीलाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखेको छ । तर, यता जेनजीहरुले भने आफूहरुले सामूहिक गिरफ्तारी दिएको जनाएका छन् ।जेन्जी समूहले उठाएका माग, मुद्दा सम्बोधन नभएको भन्दै माइतीघर मण्डला क्षेत्रमा नाराबाजीसहित प्रदर्शनमा उत्रेका आठ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी र्दिए।