मतदाता नामावली दर्ता गर्न पठाओको सहयोग : निर्वाचन कार्यालय जाने र फर्कनेमा रु. ५० छुट

२०८२ कात्तिक २९ गते

मतदाता नामावली दर्ता गर्न पठाओको सहयोग : निर्वाचन कार्यालय जाने र फर्कनेमा रु. ५० छुट

काठमाडौँ । राइड–शेयरिङ एप पठाओले काठमाडौँ उपत्यकाका नागरिकलाई मतदाता नामावली दर्ता गर्न सहज बनाउन विशेष अफर सुरु गरेको छ। यस अफरअन्तर्गत, प्रयोगकर्ताले निर्वाचन कार्यालयसम्म जाने र फर्कने प्रत्येक राइडमा रु। ५० छुट पाउनेछन्।

पठाओले यो सुविधा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयहरूमा आवागमन गर्ने प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो।

Advertisement:

Ad
Ad

• District Election Office, Min Bhawan, New Baneshwor
• District Election Office, Sallaghari
• District Election Office, Jawalakhel

यस्तै, नेपाली भाषामा पनि जिल्ला निर्वाचन कार्यालय, मिन भवन, सल्लाघारी वा जावलाखेल लेखेर राइड बुक गर्न सकिने पठाओले जनाएको छ।

कम्पनीका अनुसार, यस अफरको उद्देश्य नागरिकलाई मतदाता नामावली दर्ता प्रक्रियामा सक्रिय सहभागिता गराउन सहयोग पुर्‍याउनु हो।