२०८२ माघ १३ गते
काठमाडौँ । गोरखा २ बाट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका लेखनाथ न्यौपानेले पैसा दिएर मतलाई प्रभाव पार्न नहुने बताएका छन् ।अरुले गरेपनि आफूहरुले प्रतिवाद गर्ने बताएका छन् ।पैसा खर्च गरेर जनताको प्रतिनिधी हुन नसक्ने बताएका हुन् ।
उनले भनेका छन्, हामी होटलमा खाजा खाँदैनौँ,म मतदातालाई मकै भट्मास खुवाएर पार्टी अभियान चलाउँछु ।हाम्रा बाआमा त्यही खाजा खाएर आजसम्म निरोगी छन् भने हामी किन नखाने ।
न्यौपानेले ठूलो पैसा कसैसँग नलिने भन्दै पैसा लिइसकेपछि उसको काम गर्न बाध्य हुन पर्ने बताए ।
प्रतिक्रिया