हत्यामा संलग्न अभियुक्तलाई भाग्दाभाग्दै नियन्त्रणमा लिन सफल महिला प्रहरी सम्मानित

२०८२ चैत २७ गते

हत्यामा संलग्न अभियुक्तलाई भाग्दाभाग्दै नियन्त्रणमा लिन सफल महिला प्रहरी सम्मानित

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको हत्यामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन सफल महिला प्रहरी सम्मानित भएकी छन् ।


जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटी तथा घटनामा सक्रिय भूमिका निर्वाह गर्ने महिला प्रहरी शाहाना बोहरालाई नगदसहित पुरस्कृत गरिएको हो ।

Advertisement:

Ad
Ad


उनीहरूले हतियारसहित भाग्दै गरेका अभियुक्तलाई पछ्याउँदै नियन्त्रणमा लिएका थिए ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ९प्रहरी अतिरिक्त महानिरीक्षक० ईश्वर कार्कीको उपस्थितिमा प्रदान गरिएको छ ।


प्रहरीका अनुसार बुधबार साँझ करिब ७ : ४० बजे भएको घटनामा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा ज्यान गएको थियो ।