महेश बस्नेतले भाषण गर्दै गर्दा जेनजी युवाले बिथोल्न खोजेपछि...

२०८२ मंसिर ०४ गते

महेश बस्नेतले भाषण गर्दै गर्दा जेनजी युवाले बिथोल्न खोजेपछि...

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले सहभागी कार्यक्रमलाई जेनजी युवाले बिथोल्ने प्रयास गरेका छन् । बिहीबार आर.आर. क्याम्पसमा आयोजित अन्तर क्याम्पस स्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको कार्यक्रमलाई जेनजी युवाले विरोध गर्दै बिथोल्ने प्रयास गरेका हुन् ।


बस्नेतले भाषण गरिरहेको बेला जेनजीका युवा कार्यक्रममा विरोध जनाउँदै अवरोध गर्न गएका थिए । तर, लगत्तै सुरक्षाकर्मीले उनी नियन्त्रण लिएको थियो ।बस्नेतले जेनजी प्रदर्शनमा भएको ध्वंसलाई आतंककारी गतिविधि भएको बताइरहँदा युवाले अवरोध गर्ने प्रयास गरेका थिए ।

Advertisement:

Ad
Ad

 

यसअघि बुधबार सिमरामा बस्नेत सहभागी हुने कार्यक्रम जेनजी युवाहरुको विरोधसँगै रोकिएको थियो । बस्नेत आउने सूचनासँगै युवाहरु आक्रमक ढंगले उत्रिएपछि सिमरामा हालसम्म तनाव कायमै छ ।