शोभा पाठकको जाहेरीमा महेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले माग्यो पक्राउ पुर्जी, अदालतले भन्यो, ‘थप प्रमाण ल्याउनु’

२०८२ असोज २२ गते

शोभा पाठकको जाहेरीमा महेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले माग्यो पक्राउ पुर्जी, अदालतले भन्यो, ‘थप प्रमाण ल्याउनु’

काठमाडौँ । प्रहरीको केन्द्रीय साइबर ब्युरोले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पक्राउ गर्न अदालतमा पक्राउ अनुमति मागेको छ । 

मंगलबार ब्यूरोका अनुसन्धान अधिकृतहरू विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गर्न अनुमति माग्न काठमाडौँ जिल्ला अदालतमा पुगेका थिए । तर, अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भन्दै पक्राउ अनुमति दिन अस्वीकार गरेको छ ।

Advertisement:

Ad
Ad

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सरकारी वकिल कार्यालयको निर्देशन अनुसार थप प्रमाण बुझेर मात्र पेस गर्न आदेश गरेको  काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए ।


शोभा पाठकले दर्ता गरेको विद्युतीय कारोबार ऐन अन्तर्गतको जाहेरी यसअघि ब्यूरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो । जेनजी प्रदर्शनपछि बस्नेले पीडितलाई सङ्केत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्यूरोलाई निर्देशन दिएको थियो ।


सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेको हो । बस्नेत विरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।