कमर्शियल गाडीमा लोकप्रिय बन्दै टाटा ब्रान्डका गाडी,एक वर्षमै २४ अर्बभन्दा बढी कारोबार

२०८२ कात्तिक २४ गते

कमर्शियल गाडीमा लोकप्रिय बन्दै टाटा ब्रान्डका गाडी,एक वर्षमै २४ अर्बभन्दा बढी कारोबार

काठमाडौँ । नेपालमा टाटा ब्रान्डका सवारीसाधन बिक्री गर्ने सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.५८५ (५ अर्ब ५० करोड) वृद्धि हो। सन् २०२४ मा कम्पनीको कारोबार १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ रहेको थियो।

 

Advertisement:

Ad
Ad

देशभर ४ शोरुम र १४ डिलर नेटवर्कमार्फत सेवा दिँदै आएको सिप्रदीले टाटाका इन्धन र विद्युतीय दुवै मोडेलमा मजबुत बजार पकड कायम राखेको छ। पन्च EV, टियागो EV, कर्भ EV, नेक्सन EV K3 जस्ता आधुनिक विद्युतीय मोडेल र सुरक्षित, आकर्षक तथा प्रविधियुक्त इन्धन गाडीहरूले ग्राहकको रोजाइ बढाएका छन्।

 

कमर्शियल भेइकल क्षेत्रमा पनि सिप्रदी अग्रणी छ। टाटा योधा, इन्ट्रा V20, एस EV, विङ्गर BS6, र बस च्यासिसजस्ता मोडेलहरूले बजारमा ६०–६५५ हिस्सा ओगटेका छन्। २०२५ मा कम्पनीको व्यवसाय ३०प्रतिशत र कमर्शियल भेइकल कारोबार मात्र ६९प्रतिशत बढेको छ।

 

सञ्चालन नाफा मार्जिन पनि सुधार भई २०२५ मा २.७५ पुगेको छ (२०२४ मा २.२प्रतिशत) ब्याजदर घट्दा र वित्तीय लागत कम हुँदा कम्पनीका ऋण भुक्तानी सूचकहरूमा पनि सुधार आएको छ।

 

सिप्रदीले नेपालमा टाटा सवारीसाधन (१९८२ देखि व्यावसायिक, १९९२ देखि निजी), एकसाइड ब्याट्री (२००० देखि) र म्याक लुब्रिकेन्ट(२००२ देखि) का लागि एकमात्र आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ।