कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नभए सिमरा बन्द गर्ने जेनजीको चेतावनी

२०८२ मंसिर ०४ गते

कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नभए सिमरा बन्द गर्ने जेनजीको चेतावनी

काठमाडौँ । कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही नभए सिमरा बन्द गर्ने जेनजीहरुले चेतावनी दिएका छन् । बुधबार बाराको परवानीपुरमा नेकपा एमालेको सभामा सहभागी हुन पुगेका एमालेका नेताहरुलाई रोक्ने क्रममा जेनजी युवा र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । 

 

Advertisement:

Ad
Ad

एमालेका कार्यकर्ताहरू एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतलाई स्वागत गर्न भनेर विमानस्थल पुगेका थिए। विमानस्थल नजिकै सिमरा चोकमा बिहान करिब सवा १० बजे एक हुल जेनजी भेला भएर प्रदर्शन गर्न थाले। ती प्रदर्शनकारी सुदन गुरुङ नेतृत्वको ‘काउन्सिल अफ जेनजी’सँग आबद्ध थिए।

 

यता एमाले नेताहरुले सरकारले आफू विरुद्ध जेनजीहरुलाई भड्काएको आरोप लगाएका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१मा चुनावको घोषणा गरेको छ । दलहरुले बाराको घटनालाई लिएर चुनावको वातावरण बिथोलिने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।