२०८२ असोज १० गते
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान सरकारका प्रधानमन्त्री तथा गृहमन्त्री पक्राउमा पर्न सक्ने संकेत गरेका छन् । बिहीबार पत्रकारले जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने र गोली चलाउनेमाथि कारबाही हुन्छ कि हुँदैन भन्दै राखेको जिज्ञासामा गृहमन्त्री अर्यालले जाँचबुझ आयोगको आवश्यकताको आधारमा पक्राउ पर्न सक्ने बताएका हुन् ।
अर्यालले जेनजी आन्दोलन दमन गर्न मूख्य भूमिका खेल्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई दमनको छानबिनका लागि गठन भएको जाँचबुझ आयोगको आवश्यकता बमोजिम पक्राउ गरी सोधपुछ गरिने जानकारी दिएका छन् ।
‘अनुसन्धान गर्ने निकायले के के रोक्का गर्नुपर्छ, त्यति मात्रै किन रु पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनुपर्ने होला, जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने हो,’ उनले भने ।
प्रतिक्रिया