२०८२ कात्तिक २३ गते
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालयले आफूले गरेका सबै कामहरु सार्वजनिक गर्न नमिल्ने बताएका छन् । उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थतीका बीच आफ्नो कार्यसम्पादनलाई लिएर विभिन्न टीकाटीप्पणी भइरहेको परिस्थतीमा कामका फेहरिस्त सुरक्षा संवेदनशीलताका कारण भन्न नमिल्ने बताएका हुन् ।
पछिल्लो समय सामाजिक सञ्जाल मार्फत गृहमन्त्रीले आन्दोलन दबाउन आदेश दिने विरुद्ध कारबाही गर्न हात कमाएको जस्ता आरोप लागिरहँदा उनले सामाजिक सञ्जाल मार्फत नै मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएका कारण कतिपय विषयमा के गरिँदैछ भन्न नमिल्ने बताएका छन् ।उनले लेखेका छन्, आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन ।
कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।
प्रतिक्रिया