२०८२ फागुन २४ गते
कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन्। २६ वर्षीय खनालले १९,०५७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी लाई ७,१०८ मतान्तरले पराजित गरे। चौधरीले ११,९४९ मत प्राप्त गरेका थिए।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का सूर्यबहादुर थापा ले ७,८८६ मत र नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७,२१३ मत प्राप्त गरे।
यसअघि कैलाली का अन्य क्षेत्रहरूमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भइसकेका छन्।
प्रतिक्रिया