२०८३ जेठ २५ गते
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै ‘वर्ल्ड कप टु वर्ल्ड कप अफर’ सार्वजनिक गरेको छ ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ ।
यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै, यो अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष स्वामित्व लाभहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै ४४ हजार४४४ रुपैयाँसम्मको विशेष वर्ल्ड कप बोनस प्राप्त गर्न सक्नेछन् ।यसका साथै १ वर्षको विस्तृत बीमा र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुविधा पनि उपलब्ध गराइएको छ ।
आकर्षक बचत, बीमा लाभ, बोनस सुविधाहरू र सहज एक्सचेन्ज सुविधाका साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया